नियम १८
सेन्ट्रीको कर्तव्य
कारागारमा पालो पहरा गर्न खटिएका सुरक्षाकर्मीहरुले पालैसग दस्तूर माफिक खबरदार बोली रमन घुमे नघुमेको सेन्ट्रीले विचार गरी निजहरुले खबरदार बोलेकोमा सेन्ट्रीले पनि खबरदार बोल्नु पर्छ । सो बमोजिम आफ्नो पालो पुगेपछि निजले अर्को पालेलाई उर्दी सुनाई जिम्मा दिनु पर्छ ।